8 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। उक्त खेलका लागि नेपालले २३ सदस्यीय टोलीको छनोट सोमबार सार्वजनिक गरेको छ।
भारतसँगको मैत्रीपूर्ण खेलमा सहभागी रहेका २० खेलाडीमध्य ३ खेलाडी टोलीमा समावेश रहेका छैनन् भने ६ खेलाडीलाई टोलीमा बोलाइएको छ। पछिल्लो खेलमा टोलीमा रहेका गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर बिमल बस्नेत र मिडफिल्डर सुमन लामा टोलीमा अटाएनन्।
पछिल्लो २ खेलमा टोलीमा नअटाएका फरवार्ड अनिल गुरुङ टोलीमा फर्किएका छन् भने राजेन्द्र रावलको पनि पुनरागमन भएको छ। दिनेश राजवंशी, एलन न्यौपाने, मान बहादुर तामाङ र सुनिल बल पनि राष्ट्रिय टोलीमा फकिएका छन्।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]