8 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दोस्रो हाफमा एरिक बिस्टले फ्रिकिकमार्फत गरेको गोलमा लिएको आग्रतालाई जोगाउदै आर्मीले उपाधि जित्न सफल भएको हो ।
खेलको सुरुवाती समयमा संकटाले केहि सुन्दर गोल गर्ने अवसर गुमाएको थियो । दिनेश आले मगरले डी बक्सको छेउबाट पाएको वान भर्सेस वानको स्थितिमा बललाई सोझै आर्मीको गोलरक्षक अर्पन कार्कीको हातमा प्रहार गरेका थिए। संकटाले पुन: पाँचौ मिनेटमा पाएको अवसरमा कप्तान प्रदिप बोगटीले क्रसबारको माथि प्रहार गरेका थिए ।
आर्मीका लागि १५औं मिनेटमा दिनेश हेन्जनले राम्रो प्रहार गरेपनि गोल हुन नसक्दा आर्मी खेलमा अग्रता लिनबाट चुक्यो । बक्सको दायाँ तर्फबाट दोर्जे तामाङले डिफेन्डरलाई छक्याउदै दिनेशलाई दिएको बलमा उनको दायाँ खुट्टाले गरेको प्रहार सेकेन्ड बारबाट थोरै परबाट बाहिरियो । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि दुवै पक्षबाट कुनै गोल हुन सकेन ।
दोस्रो हाफको सातौं मिनेटमा एरिक बिस्टले फ्रीकिक मार्फत गोल गरे। करिब २२ यार्डबाट गरेको उनको प्रहारले एक बाउन्स लिंदै विपक्षी गोलरक्षक उज्ज्वल लिम्बुलाई रक्षा गर्ने कुनै अवसर दिएन। त्यसकै ३ मिनेटपछि आर्मीले अर्को गोल गर्ने अवसर गुमायो । गोलकर्ता एरिकको पासमा दिनेश हेन्जनले गरेको प्रहार सेकेन्ड बारबाट थोरै बाहिरियो ।
त्यसपश्चात खेलमा आर्मीले दबाब कायमै राख्यो र ५८औं मिनेटमा कर्नर मार्फत पाएको अवसरमा प्रेजेन तामाङले गरेको हेडरले संकटको किपर उज्ज्वललाई बिट गरेपनि संकटाका सागर थापाले गोल लाइनबाट बचाउ गर्दै संकटालाई खेलमा जिवित राखे ।
संकटले ७९औं मिनेटमा खेलमा फर्किने सुनौलो अवसर गुमायो। देवराज तामाङले ८ यार्ड नजिक पाएको बललाई पोस्ट बाहिर प्रहार गर्दै संकटाको बराबरी गर्ने अवसर गुमाए । निर्धारित समय र थपिएको ६ मिनेट इन्जुरी समयमा संकटाले कुनै गोल गर्न नसकेपछि आर्मीले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको हो।
विजेता आर्मीले उपाधिसँगै नगद ३ लाख प्राप्त गर्यो भने उपविजेता संकटाले १ लाख ५० हजारमा चित्त बुझायो।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]