8 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघले २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ।
भारतविरुद्धको मैत्रीपूर्ण खेलमा रहेका २० खेलाडीबाट ६ खेलाडी थपिएका छन् भने ३ खेलाडीले स्थान गुमाएका छन्। टोलीमा नयाँ सदस्यका रुपमा गोलरक्षक एलन न्यौपाने, डिफेन्डर मान बहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनिल बल र फरवार्ड अनिल गुरुङ आएका छन्।
पछिल्लो २ खेलमा टोलीमा नअटाएका कप्तान अनिल गुरुङ पनि यसपटक टोलीमा अटाएका छन्। उनको यो अन्तिम खेल हुने सम्भावना धेरै छ। अनिलले राष्ट्रिय टोलीबाट ४८ खेल खेलिसकेका छन्।
भारतजाने टोलीबाट फरवार्ड सुमन लामा, डिफेन्डर बिमल बस्नेत र गोलरक्षक विशाल श्रेष्ठ टोलीमा परेनन्।
गोलरक्षक:
१)किरण कुमार लिम्बु
२)बिकेश कुथु
३)एलन न्यौपाने
डिफेन्डर:
४) बिराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०)दिनेश राजबंशी
११) मान बहादुर तामाङ
मिडफिल्डरः
१२) बिशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) राजेन्द्र रावल
१७) हेमन्त थापा मगर
१८) रोहित चन्द
१९) सुनिल बल
फरर्वाड:-
२०) भरत खवास
२१) नवयुग श्रेष्ठ
२२) बिमल घर्ति मगर
२३) अनिल गुरुङ
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]