8 years ago
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – यमनको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्राहम मेब्राटुले आफु नेपाली टोलीसँग परिचित रहेको र नेपाली टोलीलाई सम्मान गर्ने बताए।
प्रशिक्षक मेब्राटुले युद्धका कारण यमनमा लिग हुन नसकेकाले टोलीलाई केहि समस्या रहेको बताए। “हामीले डेढ महिना प्रशिक्षण गरेर नेपाल आएका हौँ। यस खेलको तयारीका लागि काएरोमा इजिप्टका केहि क्लबसँग मैत्रीपूर्ण खेल पनि खेलेका छौँ। हामी खेल जित्ने लक्ष्य लिएर आएका हौँ र त्यसमा सफल हुनेमा पूर्ण विश्वास छ।”
टोलीका ५ खेलाडी विदेशी लिगमा व्यस्त रहेका कारण अनुपस्थित रहेको पनि उनले जानकारी दिए। “हाम्रा ९ खेलाडी विदेशी लिगमा खेल्दै आएका छन् तर ४ जनामात्र अहिले टोलीमा आवद्ध रहेका छन्। बाँकी खेलाडीलाई क्लबले छाड्न नमानेकाले उपस्थित रहेका छैनन्।” उनले यमनका खेलाडीहरु बहराइन, ओमान र साउदी अरेबियाको लिगमा खेल्दै आएको जानकारी दिए।
प्रशिक्षक अब्राहमले उनको नेपालसँग यो तेश्रो खेल रहेको र विगतझैं यसमा पनि सफलता हात पार्ने विश्वास गरे। “मैले यसअघि सन् २०१३मा नेपालमै यू-२२ टोली र २०१४मा कतारमा भएको मैत्रीपूर्ण खेलमा सिनियर टोलीसँग नेपाललाई पराजित गरिसकेको छु। त्यस समयका खेलाडीहरु अहिलेको टोलीमा छन् र म फेरी नतिजा आफ्नो पोल्टामा पार्ने कोशिशमा हुनेछु।”
उनले फुटबल शान्तिको प्रतिक रहेको र यसले आपसी भाइचारा र देशहरु बिचको सम्बन्धमा पनि सुधार ल्याउने बताए। यमन हाल युद्धमा होमिएको र नेपालमा राम्रो नतिजा ल्याएर देशमा रहेका जनतालाई खुसि दिलाउन प्रयास गर्ने जानकारी दिए।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]