default_image

8 years ago

June 12, 2017

स्पेनको अपराजित यात्रा कायमै

142 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको स्पेनले झिनो अन्तरले जित हासिल गरेको छ। म्यासेडोनियाको घरेलु मैदानमा स्पेनले विजय हासिल गर्दै आफ्नो अपराजित यात्रा जारि राख्यो।

म्यासेडोनियाको घरेलु मैदानमा भएको खेलमा स्पेनले २-१को कठिन जित दर्ता गर्यो। डेविड सिल्भाले इनीएस्टाको पास सदुपयोग गर्दै १५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। खेलको २७औं मिनेटमा इस्कोले उत्कृष्ट मुभ बनाएर दिएको पासमा चेल्सीका फरवार्ड डिएगो कोस्टाले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए। तर, स्टेफन रिस्टोभ्सकीले घरेलु टोलीका लागि ६६औं मिनेटमा गोल गर्दै खेलमा फर्कने आशा देखाएका थिए। थप गोल हुन नसकेपछि खेल स्पेनले २-१ले जित्यो।

इटालीले पनि लिक्टेनस्टाइनलाई ५-०ले पराजित गर्दै समूहमा अपराजित रह्यो। समूहकै अर्को खेलमा इजरायलले अल्बानियालाई ३-०ले पराजित गर्यो।

समूहको शीर्ष स्थानमा रहेका इटाली र स्पेनले समान ६ खेलमा १६ अंक जोडेका छन्। स्पेनको गोल अन्तर बढी भएकाले इटाली दोश्रो स्थानमा छ। अल्बानिया र इजरायल ९ अंक बोक्दै तेश्रो र चौथो स्थानमा छन्।

खेलको भिडियो:

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.