8 years ago
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– टोखा नगरपालिकाले प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा टोखाले चन्द्रागिरी नगरपालिकालाई ५–३ गोलअन्तरले पराजित गर्यो ।
टोखा नगरपालिकाका खेलाडी उपाधिका साथ ।
टोखाले ३–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेको हो । टोखाले ५ गोल गर्दै दोसे हाफमा गरेको हो । टोखाका लागि त्रिलोक दुराले २, आशिर्ष डंगोल , अनिल थापा र विजय श्रेष्ठले १/१ गोल गरे । चन्द्रागिरीका रुजित पुडासैनीले ह्याट्रिक गरेक ाथिए । रुजित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए र १० हजार नगद रुपैयाँ प्राप्त गरे ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला समन्वय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिकाले तेश्रो स्थान हासिल गर्यो । कीर्तिपुरले नागार्जुन नगरपालिकालाई २–० ले हरायो ।टोखाले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । चन्द्रागिरीले ५१ हजार १ सय ५१ र नागर्जुनले २५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्यो ।
खेलाडीको विधागत उत्कृष्टतर्फ सबै उपाधि टोखाले जित्यो । नवीन श्रेष्ठ उत्कृष्ट गोलकिपर, गोविन्द रिमाल उत्कृष्ट रक्षक,साजन डंगोल उत्कृष्ट मिडफिल्ड, आशिष डंगोल उत्कृष्ट फरववार्ड चुनिए । चन्द्रागिरीका रमेश बुढाथोकी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले समान ५ हजार रुपैयाँ पाए । कीर्तिपुरले अनुशासित टिमको उपाधि प्राप्त गर्यो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई, आयोजक जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी गोपाल अधिकारीलगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरियो । जेठ २३ देखि सुरु प्रतियोगितामा काठमाडौंका १० नगरपालिका सहभागी थिए ।
सोही अवसरमा गत बर्ष पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका पदक विजेता काठमाडौंका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]