8 years ago
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले ‘डेब्यू’ गरेकै खेलमा नुवावडिङ सिटी एफसी विजयी भएको छ । भिक्टोरिया एनपिएलमा आइतबार नुवावडिङले डानडिनोङ थन्डर एससीलाई १–० ले हराएको थियो ।
जगजितले पुरा समयको खेलमा नुवावडिङले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको थियो । जगिजतका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंकसहित आठौं स्थानमा रहेको छ । जगजित गत सातामात्र सनसाइन क्रस एफसी छाडेर बाँकी सिजनका लागि नुवावडिङमा आबद्ध भएका थिए ।
अब उनी बाँकी सिजन अक्टोबर सम्म त्यस क्लबमा रहनेछन् । ट्रान्फर विन्डोको अन्तिम दिन बुधबार नयाँ क्लबमा आबद्ध भएका थिए ।सनसाइनमा भन्दा सेवा सुविधा राम्रो भएकोले नयाँ क्लबमा आबद्ध भएको बताएका थिए । अस्ट्रेलियमा जगजितको यो तेस्रो क्लब हो ।
गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । माघमा उनी सनसाइनमा जाँदा पहिलाको भन्दा राम्रो पारश्रमिक पाएको बताएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]