8 years ago
June 11, 2017
स्कटल्यान्ड (एजेन्सी) – इङ्ल्यान्ड गएरातीको भएको विश्व कप छनोटअन्तर्गत खेलमा हारबाट जोगिएको छ । युरोपियन छनोटअन्तर्गत इन्जुरी समयमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्ल्यान्डले स्कटल्यान्डलाई २–२ को बराबरीमा रोक्दै अपराजित यात्रालाई कायम राखेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा इङ्ल्यान्डले दबाब खेप्नु परेको थियो । ७० औं मिनेटमा एक्लेक्स चेम्बरलेनको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, खेलको अन्त्यतिरको तीन मिनेट स्कटल्यान्डका लागि सुखद रह्यो ।
खेलको ८७ औं मिनेटमा लेइघ ग्रिफथ्सले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि ९० औं मिनेटमा ग्रिफथ्सले अर्को गोल थपेपछि स्कटल्यान्डलाई २–१ को अग्रता बनयो । तर, इन्जुरी समयमा तेस्रो मिनेटमा केनले गोल गरेपछि इङ्ल्यान्डको हार टरेको थियो ।
बराबरीसँगै समूह ‘एफ’ मा इङ्ल्यान्डको ६ खेलमा १४ अंक पुगेको छ । समूहको शीर्षस्थानमा रहेको टोलीले ४ खेल जितेको टोलीले २ खेलमा बराबरी गरेको छ । समान खेलबाट ८ अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ । समूहको अर्को खेलमा स्लोभानियाले माल्टालाई २–० ले पराजित गरेको थियो । स्लोभाकिया १२ अंकसहित दोस्रो र स्लोभानिया ११ अंकसहित तेस्रो स्थानमा छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]