9 years ago
November 3, 2015
कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ ।
राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको हो, कस–कसको जिम्मेवारी छ, आगामी दिनमा उक्त घटना दोहोरिन नदिन संघको के तयारी छ भन्नेजस्तो प्रश्नावली एन्फा समक्ष पठाएको छ|
साथै, यस घटनाबारे एन्फाले छानबिन गरेको छ/छैन र यस घटनाबारे एन्फाको धारणा पनि व्यक्त गर्न एन्फालाई अनुरोध गरिएको छ| एएफसीले नेपाली यू– १६ फुटबल टोलीलाई प्रतिबन्ध गर्दा मिहिनेत, परिश्रम, राष्ट्रको प्रतिष्ठामा आँच आएको तथा खेलाडीको मनोबल घटेको भन्दै कसबाट कमजोरी भएको प्रष्ट पार्न र सत्य तथ्य बिवरण पेश गर्न एन्फालाई अनुरोध गरेको छ|
यसैगरी पुनरावेदनले उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र पंकज नेम्वाङलाई साधारणसभामा सहभागी गराउन आदेश दिएकोमा त्यस आदेशको बेवास्ता गरेकोबारे पनि प्रष्टिकरण मागेको छ । सो बारे राखेपले एन्फालाई करिब तिन हप्ता अघिनै स्पष्टिकरण माग गरेको थियो । राखेपले यसअघि सोधेको प्रष्टिकरणमा एन्फाले जवाफ दिएको थिएन तर साधारणसभा भने स्थगित हुन पुगेको थियो|
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]