8 years ago
June 11, 2017
एजेन्सी – इङलिस क्लब म्यानचेस्टर युनाइटेडले बेन्फिकाका डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याउँदै सिजनको पहिलो अनुबन्धन गरेको छ। स्विडेनका नागरिक लिन्डेलफलाई मोउरिन्होले जनवरीदेखिनै पछ्याइरहेका थिए।
क्लबहरु बीच सहमति भएपनि खेलाडीसँग भने युनाइटेडले अझै सम्झौता गर्न बाँकी रहेको छ। खेलाडी स्थानान्तरणको रकम नखुलाइएको भएपनि पोर्चुगलका केहि मिडियाका अनुसार युनाइटेडले करिब ३१ मिलियन पाउण्ड खर्च गरेको बुझिएको छ। मोउरिन्होले यस सिजनको सुरुवातमै ४ खेलाडी किन्ने जानकारी दिएका थिए।
डिफेन्डर लिन्डेलफको आगमनसँगै युनाइटेडको मध्य डिफेन्समा एरिक बेली, मार्कस रोजो, फिल जोन्स र क्रिस स्मलीङ रहेका छन्। मोउरिन्होले अर्को सिजन जोन्स वा रोजो मध्य १ खेलाडीलाई मात्र युनाइटेडमा राख्नेछन्।
युनाइटेडले रियल म्याड्रिडका अल्भारो मोराटा र टोरिनोका एन्ड्रीए बेलोटिलाई पनि किन्न खोजिरहेको बुझिएको छ। एन्टोइन ग्रिज्मनले एटलेटिकोमै बस्ने इच्छा देखाएसँगै मोउरिन्होले अन्य खेलाडी हेर्न थालेका छन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]