default_image

8 years ago

June 11, 2017

विश्वकप छनोटमा जर्मनीको ७ गोल

140 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८को युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीले सान मारिनोलाई ७-०ले पराजित गरेको छ।

जर्मनीको जितमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरे भने जुलियन ड्रयाक्स्लर, जुलियन ब्रान्ट, अमिन युनेस र स्कोडरान मुस्ताफीले १/१ गोल गरेका थिए। आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको जर्मनीले यहि टोली लिएर फिफा कन्फेडेरेसन कप खेल्दैछ।

यससँगै, समूह ‘सी’कै अन्य खेलमा उत्तरी आयरल्याण्डले अजरबैजानलाई १-०ले पराजित गर्यो। खेलको ९०औं मिनेटमा स्टुआर्ट डल्लासले गोल गरेपछि पाहुना टोलीले महत्त्वपूर्ण ३ अंक जोडेको थियो। समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १-१को बराबरी खेले। ३६औं मिनेटमा गेब्रे सेलासीको गोलमा चेकले अग्रता लिएपनि एल्कजेन्डर सोडरलन्डले ५५औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

समूहको अंक तालिकामा जर्मनी ६ खेलमा ६ जित हात पार्दै शीर्ष स्थानमा छ भने दोश्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डको १३ अंक रहेको छ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.