8 years ago
June 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले करिब २ वर्षपछि पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण दशरथ रंगशालामा गरेको छ। मंगलबार हुने यमन विरुद्धको खेलको तयारीमा जुटेको नेपाली टोलीले रंगशालाको प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण गरेको हो। यसअघि नेपाली टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा प्रशिक्षण गर्दै आएको थियो।
पछिल्लो पटक सन् २०१५को अगष्ट महिनामा राष्ट्रिय टोलीको प्रशिक्षण रंगशालामा भएको थियो। त्यसयता रंगशालाको मर्मत संभार हुन नसकेपछि सम्पूर्ण प्रशिक्षण कार्यक्रम एन्फा कम्प्लेक्सको मैदानमा हुँदै आएको थियो।
प्रशिक्षणमा भारत विरुद्धको मैत्रीपूर्ण खेलका लागि छनोट भएका २० खेलाडीसँगै अन्य खेलाडी पनि थिए। बन्द प्रशिक्षण आजबाट सुरु भएको व्यवस्थापनले जानकारी दियो।
एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले मंगलबार दिउँसो ३ बजे यमनसँग हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल खेल्दैछ।
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]