8 years ago
June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा स्विडेनले फ्रान्सलाई २-१ले पराजित गरेको छ।
ओलिभियर गिरुडले ३७औं मिनेटमा हाफ भलीमा उत्कृष्ट गोल गर्दै पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, त्यसको ५ मिनेट नबित्दै जिम्मी डुर्माजले गोल गर्दै खेललाई बराबरमा ल्याएका थिए। खेलको अन्तिम समयसम्म १-१को बराबरी रहेको अवस्थामा टोलीहरुले अंक बाँड्ने अवस्था देखिएको थियो। तर खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ओला टोइभोनेनले सेन्टर लाइनबाट गोल गर्दै स्विडेनलाई जित दिलाए।
यस जितसँगै अंक तालिकामा स्विडेन र फ्रान्सको समान १३ अंक भएको छ। नेदरल्याण्ड पनि १० अंक जोड्दै तेश्रो स्थानमा रहेको छ। नेदरल्याण्डले हिजो भएको खेलमा लक्जेम्बर्गलाई ५-०ले पराजित गरेको थियो।
फ्रान्स विरुद्ध स्विडेन खेलको भिडियो:
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]