default_image

8 years ago

June 9, 2017

चिल्ड्रेन लाइफ र रुद्रेपिपल बागलुङ लिगको सेमिफाइनलमा

100 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – चिल्ड्रेन  लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल भएको हो ।

शुक्रबारको खेल दुवै टोलकिा लागि गर या मरको अवस्थामा थियो । पहिलो आफ २–२ गोलको बराबरी टुंगिएपनि दोस्रो हाफमा रुद्रेपिपल हावि भएको थियो र २ गोल थपेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।

यस्तै शुक्रबार हुने भनिएको समुह ‘ख’ अन्तर्गत फ्युचर ब्राईटर स्पोर्टस् र रस आवर फुटसल तथा मुलपानी खेलकुद विकास समिति र पावर फिटनेस क्लबबीच तय भएको खेल बर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शनिबार हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.