8 years ago
June 9, 2017
मेलबर्न (एजेन्सी) – अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा भएको मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको छ ।
करिब ९५ हजार भन्दा बढी दर्शकको सामु भएको खेलमा एकमात्र गोल ग्याब्रियल मेर्काडोले गरे। पहिलो हाफको अन्त्य अघि सेभिल्लाका डिफेन्डर मेर्काडोले ओटामेन्डीको हेडर बारमा लागेर फर्किएको अवस्थामा बललाई सहजै गोलमा परिणत गरेका थिए ।
नेयमारको अनुपस्थितीमा रहेको ब्राजिलले खेलमा फर्कन सकेन। स्ट्राइकर ग्याब्रियल जिसस खेल सकिन केहि मिनेट अघि घाइते भएपछि स्ट्रेचरमा बाहिरिएका थिए । उनको चोटको बारेमा थप विवरण आउन बाँकी छ ।
ब्राजिलले आउने मंगलबार यसै मैदानमा अष्ट्रेलियाको राष्ट्रिय टोलीसँग मैत्रीपुर्ण खेल खेल्दै छ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]