8 years ago
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एन्फाले यमनविरुद्धको खेलका बेच्ने भनिएको सात सय टिकट इसेवा मार्फत बेच्ने आज एक कार्यक्रम मार्फत जानकारी दिएको छ। १ हजार रुपैयाँ तोकिएको टिकट किन्ने प्रक्रिया निम्न रुपमा रहेको छ:
टिकटको नमुना
१. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ।
यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि टिकट खरिद गर्न सकिनेछ। काठमाडौँ उपत्यकामा इसेवाका ५ हजार एजेन्ट शाखा र नेपालभर २५ हजार एजेन्टहरु रहेका छन्।
टिकट खरिद गरेका समर्थकहरुले खेल हेर्न जाँदा अनिवार्य रुपमा आफ्नो परिचय पत्र देखाउनु पर्ने नियम रहेको छ। टिकटमा समर्थकको नाम र फोन नम्बर उल्लेख रहने हुनाले कालोबजारी पूर्ण रुपमा रोकिने एन्फाले जनाएको छ।
टिकटिङको लागि एन्फाले इ सेवासँग दुई वर्षको सम्झौता भएको बताए । सम्झौता अनुसार इ–सेवाले लिग लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको टिकटको जिम्मेवारी पनि पाएको छ । इ–सेवाको प्रमुख कार्यक्र अधिकृत रोशन लामिछानेले एन्फासँग इ–सेवा जोडिन पाउदा खुशी लागेको बताए ।
टिकटको नमुना
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]