8 years ago
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षण आज सम्पन्न भएको छ।
कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्धय ड्यानियल ल्याण्डबुरु रोटेला र राफायल पालासियसले प्रशिक्षण दिएका थिए। उनीहरुलाई नेपालका ६ प्रशिक्षक थम्मन भुषाल, सनोज श्रेष्ठ, विना श्रेष्ठ, राजु श्रेष्ठ, नवीन महर्जन र निर्मल लामाले सहयोग गरेका थिए।
प्रशिक्षण कार्यक्रमका दौरानमा खेलाडीहरुले फिटनेस, स्किल, रणनीति, लिडरसिप र भ्यालुबारे सिक्ने मौका पाए। समापन समारोहमा बोल्दै प्रशिक्षक रोटेलाले नेपाली खेलाडीहरुको प्रतिभा देखेर आफू प्रभावित भएको बताए। उनले खेलाडीहरुले मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै अनुशासित देखेर खुसि लागेको अभिव्यक्ति दिए। यसगरी अर्का प्रशिक्षक पालासियसले खेलाडीहरुको खेल भावनाप्रति खुसि व्यक्त गर्दै अभिभावकहरुलाई यस्तो कार्यक्रमप्रति रुची देखाएकोमा धन्यवाद दिए। कार्यक्रममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी’लाई रियल म्याड्रिड फाउन्डेसनले सहभागिताको प्रमाणपत्र प्रदान गरेको थियो।
प्रशिक्षकद्वय रोटेला र पालासियसले प्रशिक्षणबाट उत्कृष्ट छानिएका खेलाडी विदित मान तुलाधरले सिंगापुरमा रहेको रियल मड्रिडको एकेडेमीमा पाँचदिने प्रशिक्षण क्याम्पमा निशुल्क प्रशिक्षण लिन जानकारी दिए। उक्त प्रशिक्षणमा सहभागी हुने सम्पूर्ण खर्च आयोजकले व्येहोरनेछ। प्रशिक्षक राफेल रियल मड्रिड फाउण्डेसन सिंगापुरको असिसटेन्ट टेक्निकल डिरेक्टरका रुपमा कार्यरत छन् ।
प्रशिक्षण क्याम्प भव्य रुपमा सफल भएको र आगामी वर्षमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने शुभारम्भका प्रवन्ध निर्देशक विजय कुमार खत्रीले जानकारी गराए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]