default_image

8 years ago

June 9, 2017

ब्राजिल र अर्जेन्टिना भिड्दै

158 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ।

नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ र उनले सुखद नतिजासँगै आफ्नो करियरको सुरुवात गर्ने चाह देखाएका छन्। उनले आफ्नो उत्कृष्ट एघारलाइ मैदानमा उतार्ने आशा गरिएको छ।

ब्राजिलका प्रशिक्षक टिटेले  यस खेलका लागि फरवार्ड नेयमार, रोबर्टो फिर्मिनो र डिफेन्डर ड्यानी आल्भेस, मार्सेलो र मार्कीन्होसलाइ विश्राम दिएका छन्। यद्दपी कुटिन्होसँगै डेविड लुइज, विलियन लगायतका खेलाडीहरुले भने सुरुवाती एघारमा स्थान बनाउनेछन्।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.