8 years ago
June 9, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् ।
क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । तर, क्लबले रिलिज गर्ने खेलाडीको सुचि शुक्रबार सार्वजनिक गर्दा त्यसमा ३५ बर्षे इब्राहिमोभिचको पनि नाम रहने बताइएको छ । मेको सुरुआतमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसता उनी मैदान फर्केका छैनन् ।
उनको अवस्थामा आएको सुधारले चिकित्सक भने प्रभावित रहेको बताइएको छ । उनी मैदानमा फर्कन भने अझै केही समय लाग्ने सम्भावना छ । यो सिजन क्लबका लागि सर्वाधिक गोल गरेका इब्राहिमोभिच अहिले छोड्दा कुनै मुल्य तीर्नु पर्ने छैन । फेरी उनीसँग सम्झौतागर्दा १९ मिलियन पाउन्डभन्दा बढी खर्चनु पर्ने हुन सक्छ ।
इब्राहिमोभिचका बारेमा टुंगिन केही समय लाग्ने देखिएपनि युनाइटेड रियल म्याड्रिडका अल्भारो मोराटासँग सम्झौता हुनेमा भने विश्वस्त छ । त्यस्तै युनाइटेडले रियलकै राफेल भारानलाई पनि भित्र्याउन चाहिरहेको छ । युनाइटेडका मार्कस रीसफोर्डले मोराटाको आगमनले टोली थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
रासफोर्डले वायने रुनी र इब्राहिमोभिचसँग अझै खेल्न चाहेको बताएका छन् । इएफएल कप फाइनलमा साउथह्याम्टनविरुद्ध विजयी गोल गरेका इब्राहिमोभिचले टोलीका लागि २८ गोल गरेका थिए । युरोपा लिगमा एन्डरलेकसँगको क्वार्टरफाइनलका क्रममा उनको घुडाँमा चोट लागेको थियो ।
January 20, 2025
एजेन्सी – केलियन एमबाप्पेको २ गोल गरेको स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडले सहज जित हासिल गरेको छ । रियलले आइतवार १० खेलाडीमा सिमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे। पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना […]
January 19, 2025
हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]