8 years ago
June 7, 2017
फर्ब्स – अमेरिकन बिजनेस म्यागजिन फर्ब्सले सार्वजनिक गरेको ‘बिश्वको सर्वाधिक कमाउने खेलाडी’ सुचीमा रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् । बास्केटबल खेलाडी लेब्रन जेम्स भन्दा धेरै कमाउदै रोनाल्डोले पहिलो स्थान पक्का गरेका हुन् । फर्ब्सको अनुसार उनको कमाई बार्षिक ७१.८ मिलियन पाउण्ड छ ।
रोनाल्डो भन्दा अघि गल्फर टाइगर वुड्स र बक्सर फ्लोइड मेवेदरमात्र १५ वर्षसम्म पहिलो स्थानमा थिए। हाल वुड्स १७औं स्थानमा रहेका छन् भने १२ महिना देखि कुनै फाइट नखेलेका मेवेदर फर्ब्सको सुचीमा परेनन् ।
अर्का फुटबलर, बार्सिलोनाका लियोनल मेस्सी तेस्रो स्थानमा छन् । फर्ब्सको अनुसार उनको बार्षिक कमाई ६१.८ मिलियन पाउण्ड छ । शीर्ष १० स्थानमा फुटबलका २ खेलाडी मात्र अटेका छन्।
१. क्रिस्टियानो रोनाल्डो (फुटबल) – ७१.८ मिलियन पाउण्ड
२. लेब्रन जेम्स (बास्केटबल) – ६६.६ मिलियन पाउण्ड
३. लियोनल मेस्सी (फुटबल) – ६१.८ मिलियन पाउण्ड
४. रोजर फेडेरर (टेनिस) – ४९.४ मिलियन पाउण्ड
५. केभिन डुरान्ट (बास्केटबल ) – ४६.८ मिलियन पाउण्ड
६. रोरि म्याक्लरोय (गल्फ) – ३८.६ मिलियन पाउण्ड
६. एन्ड्रिउ लक (अमेरिकन फुटबल) – ३८.६ मिलियन पाउण्ड
८.स्टेफन करी (बास्केटबल) – ३६.५ मिलियन पाउण्ड
९.जेम्स हार्डेन (बास्केटबल) – ३६.० मिलियन पाउण्ड
१०. लेविस ह्यामील्टन (मोटर रेसिंग) – ३५.५ मिलियन पाउण्ड
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]