default_image

8 years ago

June 7, 2017

यमनसँग खेलका लागि बिहिबारदेखिनै प्रशिक्षण सुरु हुने

69 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यमन विरुद्ध हुने एएफसी एसियन कपको छनोट चरणको दोश्रो खेलका लागि बिहिबारबाट प्रशिक्षण सुचारु गर्ने भएको छ।

मंगलबार साँझ ७:१५ बजे भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली बुधबार रातको ८:४५ बजे नेपाल आइपुगेको थियो। प्रशिक्षक ग्योतोकु कोजिले बिहिबार टोलीले हल्का अभ्यास गर्ने र शुक्रबार देखि पूर्ण रुपमा प्रशिक्षण सुचारु हुने जानकारी दिएका छन्।

नेपाल र यमनबिचको खेल मंगलबार खेलिनेछ। एपीएफको हल्चोक स्थित रंगशालामा हुने खेलका लागि नेपाली टोलीले भारतमा मैत्रीपूर्ण खेल खेलेको हो। भारतविरुद्ध २० खेलाडीलाई छानिएको थियो भने यमनविरुद्धको खेलका लागि केहि खेलाडी थप हुन सक्ने प्रशिक्षक राजु काजी शाक्यले जानकारी दिए।

नेपाली टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गर्दै आएको छ।

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.