default_image

7 years ago

June 7, 2017

लिगमा बागलुङ खेलकुदको जित

40 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ (हाम्रो खेलकुद) – बागलुङ जिल्ला लिग फुटबलको दोस्रो दिन बुधबार बागलुङ खेलकुद क्लब विजयी भएको छ भने रसआवर फुटसल र पावर फिटनेस क्लब तथा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लबबीचको खेल भने बराबरीमा टुंगिएको छ ।


जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समुह ‘बी’ अन्तर्गत रसआवर र पावर फिटनेसले १–१ बराबरी खेले । प्रतिस्पर्धात्मक खेलको नवौं मनेटमा पावर फिटनेसका भुवन श्रेष्ठले गोल गर्दै अग्रता दिलाएपनि २५ औं मिनेटमा नै रसआवरका गणेश थापाले बराबरी खेल फर्काए ।
यस्तै समुह ‘ए’ अन्र्तगत बागलुङ खेलकुद क्लबले युनिटी युथ क्लबलाई ४–० पराजित गर्दै ३ अंक प्राप्त गर्न सफल भएको छ । पहिलो हाफको १९ औं मिनेटमा सागर भण्डारीको गोलबाट अग्रता लिएको बागलुङका लागि दोस्रो हाफको पाँचौं मिनेटमा सन्देश माझी, २१ औं मिनेटमा रोहन खड्का र ३१ औं मिनेटमा विपिन महतले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाएका थिए । युनिटीले दुई खेल खेलेपनि अंकको खाता खोल्न सकेको छैन ।
अर्को खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस क्लब र रुद्रेपिपल युवा क्लबले १–१ को बराबरी खेले । दोस्रो हाफको १५ औं मिनेटमा डिबक्सभित्रको बललाई किलियर गर्न खोज्दा चिल्ड्रेन लाईफका सविन थापाले आत्माघाती गोल गरे । त्यसको सात मिनेटपछि चिल्ड्रेन लाईफका गणेश लामिछानेले बराबरी गोल फकाृए । दुवै टोलीको समान ४ अंक छ ।
खखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १० टोलीको सहभागिता रहेको छ । लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
जिल्ला लिगमा भोली पहिलो खेल समूह ‘बि’को मुलपानी खेलकुद विकास समिति विरुद्ध रसआवर फुटसलबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

हिमाल खरेल, बिर्तामोड बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

Success

Thank you for your time.