default_image

8 years ago

June 7, 2017

अयोग्य च्यासल यू-१८ प्रतियोगिताबाट निष्काशित

81 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट क्वार्टरफाइनल प्रवेश गरिसकेको च्यासल युथ क्लबलाई अयोग्य घोषणा गर्दै प्रतियोगिताबाट निष्काशन गरेको छ।

फोटो: एन्फा

च्यासल युथ क्लबले प्रतियोगितामा बढी उमेरको खेलाडी खेलाएको भन्दै सरस्वती युथ क्लबले विरोध जनाउँदै परिपत्र गरेपछि एन्फाको आयोजक कमिटिले प्रतियोगिताको नियमानुसार छानविन गर्दा बढी उमेरको खेलाडी खेलाएको प्रमाण भेटिपछि प्रतियोगिताबाट निष्काशन गरेको हो ।

च्यासल समूहको शीर्षस्थानमा रहँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको पहिलो खेलमा झापासँग १-१को बराबरी खेलेको च्यासलले दोश्रो खेलमा एपीएफलाई २-०ले पराजित गरेको थियो। मंगलबार सरस्वतिविरुद्ध २-१को जित दर्ता गरेको च्यासलले अपराजित रहँदै दोश्रो चरणमा स्थान बनाएको थियो।

च्यासलको निष्काशनसँगै समूह ‘ए’ बाट सरस्वती क्लबले समूह उपविजेताको रुपमा खेल्नेछ। समूह ‘ए’बाट सशस्त्र प्रहरी बल समूह विजेता बनेको छ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.