8 years ago
June 6, 2017
दिपेश तिमल्सीना
मुम्बई – भारतविरुद्ध मंगलबार साँझ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोलीको कप्तानी विराज महर्जनले गर्ने भएका छन्। पछिल्लो खेलमा कप्तानी गरेका भरत खवास सुरुवाती एघारमा परेका छैनन् ।
नियमित कप्तान अनिल गुरुङको अनुपस्थितिमा उपकप्तान विराज महर्जनले नेपालको कप्तानी सम्हाल्दै आएका छन्। तर, फिलिपिन्स विरुद्धको खेलमा विराज सुरुवाती एघारमा नपरेपछि भरत खवासले कप्तानको जिम्मेवारी सम्हालेका थिए।
रविन श्रेष्ठ चोटका कारण विश्राममा बसेपछि विराजले भारतविरुद्ध लेफ्ट ब्याकको भूमिका निभाउने भएका हुन्। यससँगै टोलीको कप्तानी पनि विराजले नै गर्नेछन्।
नेपाल र भारतबिचको खेल साँझ ७:१५ बजे मुम्बईस्थित अँधेरी स्पोर्टस कम्पलेक्सको रंगशालामा हुनेछ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]