8 years ago
June 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत क्वाटरफाईनल तर्फको पाल्पामा आज भएको पहिलो खेलमा काठमाण्डौ महिला फुटबल टिमले झापा महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौका लागि मुना तामाङ्गले ५६ र प्रिति राईले ६६ औं मिनेटमा गोल गरेका थिए ।
दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले कैलाली महिला फुटबल टिमलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ४८ औं मिनेटमा निर्णायक गोल गरेकी थिईन् ।
त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा रौतहट महिला फुटबल टिमले सर्लाही महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । रौतहटका लागि रश्मि कुमारी घिसिङ्गले ५५ र ६५ औं मिनेटमा गोल गरेकी थिईन् ।
तेश्रोे खेलमा मोरङ्ग महिला फुटबल टिमले नवलपरासी महिला फुटबल टिमलाई ४–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । मोरङ्गका लागि सरु लिम्बूले १५, १८, २६ र ७२ औं मिनेटमा गोल गरेकी थिईन् भने नवलपरासीका लागि हिना रानाले ४५ औं मिनेटमा गोल गरेकी थिईन् ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]