8 years ago
June 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह विजेताको रुपमा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । संकटा भने समूह उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेकसको खेल मैदानमा सोमबार भएको खेलमा संकटालाई २–१ ले पराजित गर्दै पुलिस समूह ‘डी’ विजेता बनेको हो ।
समूहमा पुलिसले सात अंक जोड्यो भने संकटा ६ अंकमा रोकियो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले १० औं मिनेटमा रेजिन सुब्बाको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा रेवस मास्कले पुलिसको अग्रता दोब्बर बनायो । पहिलो हाफको इन्जुरी समयमा संकटाका दिपेश आलेमगरले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा गोल गर्न नसक्दा संकटाले पुलिसलाई २–१ को नतिजा सुम्पियो ।
यस्तै सोमबारै भएको अर्काे खेलमा समूहमा शीर्ष स्थानमा रहेका जगदम्बा लुम्बिनी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्दै क्वार्टफाइनलमा पुग्न सफल भएको छ । जावलाखेलले लुम्बिनी र शेर्पालाई गोल अन्तरमा पछि पार्दै समूहमा शीर्ष स्थानमा रहँदै अन्तिम आठमा पुग्न सफल भएको हो । जावलाखेलको जितमा सुशान्त चौधरीले ह्याट्रिक पुरा गर्दा अमित बोम्जन लामाले एक गोल थपेका थिए । अमित बोम्जनको गोलबाट जावलाखेलले १४ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि तीनै गोल सुशान्त चौधरीले गरे । उनले खेलको २६, ७५ र इन्जुरी समयमा गरे । यस समूहबाट दोस्रो टिमको टुङ्गो लाग्न सकेको छैन ।
यस समूहबाट हिमालयन शेर्पाको अघिल्लो चरण पुग्ने सम्भावना छ । एनआरटीविरुद्धको खेल जिते शेर्पाले गोलअन्तरमा लुम्बिनीलाई पछि पार्दै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार सरस्वती र च्यासल तथा मनाङ र सुदुरपश्चिमबीच खेल हुनेछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]