default_image

9 years ago

October 31, 2015

राष्ट्रिय टोलीको प्रशिक्षणमा गोलरक्षक थपिन सक्ने

112 views

0 Bookmark

राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा प्रहरी हिरासतमा भएको अवस्थामा पुराना दुई र नयाँ दुई गरि चार जना गोलरक्षक प्रारम्भिक टोलीमा परेका थिए|

National Team nepal goalkeepers Kiran Chemjong, Bikesh Kuthu and Amrit Chaudhary

प्रशिक्षणमा व्यस्त गोलरक्षकहरु

ओजेम्सले घोषणा गरेको ३९ सदस्यीय टोलीमा चार जना गोलरक्षक छानिएका थिए| रितेश थापा प्रहरी हिरासतमा परेपछि किरण चेम्जोंग र विकेश कुथु संगै अमृत चौधरी र विशाल श्रेष्ठ टोलीमा परेका थिए| चार गोलरक्षक बोलाइएको भएपनि चोटका कारण विशाल श्रेष्ठ प्रशिक्षणमा सामेल नभएपछी उनको स्थानमा अर्का एक वा दुई खेलाडीलाई बोलाउने तयारी भएको जानकारी प्राप्त भएको छ|

मनाङ्गक गोलकिपर विशाल राष्ट्रिय लिग दौरान सुदुर पश्चिम विरुद्धको खेलमा घाइते भएका थिए| उनको अनुपस्थितिमा मनाङ्गका लागि दिपेश यादवले गोलरक्षकको भूमिका निर्वाह गरेका थिए| लिगमा आठ खेल खेलेका विशालले तिन गोल खाएका थिए भने पांच खेलमा क्लिन सिट राख्न सफल रहे, तर उनको चोट समयमै ठिक नहुने देखिएपछि उनको सट्टामा दुइ अरु गोलकिपरलाई बोलाउन सकिने जानकारी प्राप्त भएको छ|

विशाल अनुपस्थित भएको खण्डमा थ्री स्टारका एलेन न्यौपाने र झापाका दिनेश थापा मगरले मौका पाउन सक्छन | यसअघी पनि राष्ट्रिय टोलीका सदस्य रहेका न्यौपाने किरणको अनुपस्थितिमा थ्री स्टारको पोष्ट सम्हालेका थिए भने दिनेशले लिग अवधिभर झापाको गोलरक्षण गरे| सोह्र खेलमा तेह्र गोल खाएका दिनेशले लिग अवधिभर ५ क्लिन सिट राखे जुन हालै टोलीमा रहेका अमृतको भन्दा राम्रो प्रदर्शन हो| ए.पी.एफका दोश्रो रोजाईका अमृतले बाह्र खेलमा सोह्र गोल खाए भने जम्मा ४ क्लिन सिट राख्न सफल रहे| उनीहरुको तुलनामा एलेनले चार खेलमा दुइ गोल खादै तिन क्लिन सिट राखेका थिए|

टोलीमै रहेका विकेशले आर्मीका लागि सोह्र खेल खेल्दै ११ क्लिन सिट राख्दै जम्मा छ गोल खाएका थिए भने किरणले बाह्र खेलमा छ क्लिन सिटका साथ सात गोल खाएका थिए|

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

February 22, 2025

अक्सनमा ८ खेलाडी ४ लाखमा विक्री, ललितपुर महंगो टोली

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि शनिवार भएको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा विक्री भएका छन्। चितवन एफसीले अभिषेक लिम्बु र सुमित श्रेष्ठ, धनगढी एफसीले पासाङ लामा, झापा एफसी आशीष गुरूङ, काठमाडौं रेजर्सले दिनेश हेन्जन र जिलेस्पी जङ्ग कार्की , ललितपुर सिटी एफसीले मणि कुमार लामा […]

Success

Thank you for your time.