8 years ago
June 7, 2017
बेल्जियम (एजेन्सी)– चेल्सीका मिडफिल्डर इडेन हाजार्डले रियल म्याड्रिडबाट कुनै प्रस्ताव आएमा त्यस बारे आफुले विचार गर्न तयार रहेको बताएका छन् ।
चेल्सीलाई यो सिजन प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डको नाम धेरै अघिदेखि रियलसँग जोडिदै आएपनि यसपटक भने उनले रियलबाट खेल्न चाहेको संकेत गरेका छन् ।
रियलबाट खेल्न सक्ने सम्भावनाको बारेमा चर्चा हुँदा हाजार्डले प्रस्ताव आएमा विचार गर्ने बताएका हुन् । ‘मेरो चाहना भनेको ट्रफी जित्नु हो । च्याम्पियन्स लिग जित्ने मेरो लक्ष्य हो,’ उनले भने, ‘ तर चेल्सीको पनि च्याम्पियन्स जित्ने लक्ष्य भएकाले भविष्यमा के हुन्छ मलाई थाहा छैन । ’
उनले अझै अगाडि भने, ‘मलाई के थाहा छ भने चेल्सीसँग अझ तीन वर्ष आवद्ध छु । चेल्सीले यस पटक प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेको छ । यस्तै प्रदर्शन हामीले अर्को सिजन च्याम्पियन्स लिगमा गर्ने प्रयास गर्नेछौ । ’
रियलसँगको चासो लुकाउने नसकेका हाजार्डले भने, ‘म चेल्सीमा खुसी छु । तर के हुन्छ भन्न सकिदैन । ’ बेल्जियमसँग प्रशिक्षणका दौरा हाजार्डको खुट्टामा चोट लागेपछि उनले बेल्जियमले खेल्ने केही खेल गुमाउने पक्का भइसकेको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]