8 years ago
June 5, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मुम्बईमा मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल जेठ ३० गते हुने एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारीको रुपमा लिइएको छ। फिलिपिन्सविरुद्ध खेलिएको पछिल्लो खेलको टोलीबाट ५ खेलाडी परिवर्तन गरिएकाले टोलीमा केहि नयाँपन आएको छ।
फिलिपिन्स विरुद्धलको खेलमा रातो कार्ड पाएका कारण विक्रम लामा टोलीमा सहभागी रहने छैनन्। प्रशिक्षक कोजीले मैत्रीपूर्ण खेललाई यमनसँगको खेलको तयारीका लागि लिएको हुनाले लामा भारत जाने टोलीमा नपरेका हुन्। लामासँगै चोटका कारण विश्राममा रहेका डिफेन्डर रबिन श्रेष्ठ, रंजित धिमाल र रन्जन बिष्ट पनि टोलीमा रहने छैनन्। रबिन फिलिपीन्सको खेलमा घाइते भएपछि नेपाल आएर शल्यक्रिया गरेका थिए भने रंजितले प्रशिक्षणका दौरान चोट बोकेका हुन्। फरवार्ड रन्जन विष्ट भने जन्डिस भएका कारण यो पालिको प्रशिक्षणमा सहभागी भएनन्।
यी खेलाडीको अनुपस्थितिले टोलीमा केहि असर पर्ने भने प्रशिक्षक कोजी सहर्ष स्वीकार्छन्। “रबिन र बिक्रम हाम्रो सुरुवाती एघारमै खेल्ने खेलाडी हुन्। उनीहरुको साथ नहुनु टोलीलाई पक्कैपनि ठुलो घाटा हो। भारत र यमनविरुद्धको खेलमा उनीहरुको खेलसँगै अनुभव पनि टोलीले गुमाउने छ।”
यद्दपी टोलीमा रहेका अन्य खेलाडीले उनीहरुको स्थानमा राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक ढुक्क छन्। “हामीलाई पहिलेदेखिनै यी खेलाडीहरु उपलब्ध नहुने भन्ने थाहा थियो। त्यसैले हामीले लामो समयदेखि यसलाई मध्यनजर गर्दै प्रशिक्षण गरेका छौं। टोलीमा उनीहरुको स्थानमा खेल्ने खेलाडी पनि छन् र हामीले प्रशिक्षणमा मेहेनत गरेर टि खेलाडीलाई परिपक्व बनाउने कोसिस गरेका छौँ।”
प्रशिक्षक कोजीले नयाँ खेलाडीका रुपमा को-को सुरुवाती एघारमा पर्छन भन्ने प्रश्नमा भने हाँस्दै जवाफ दिए। “हामीले प्रशिक्षणमा धेरै मेहेनत गरेका छौँ। अहिलेनै को खेल्छ भन्ने खुलाउन सक्दिन। तर, हामीले गरेको मेहेनत मैदानमा देखिनेछ भन्नेमा विश्वास दिलाउन चाहन्छु।”
विक्रमको अनुपस्थितिमा विशाल राई र हेमन गुरुङले टोलीमा रोहित चन्दसँग मिडफिल्डमा खेल्नेछन् भने लेफ्ट ब्याकमा बिराज महर्जन खेल्ने सम्भावना रहेको छ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]