default_image

8 years ago

June 5, 2017

कर्णको व्यवहार देखेर प्रशिक्षक कोजी रुष्ट

161 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेलको लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार अन्तिम टोलीको घोषणा गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका फरवार्ड कर्ण लिम्बु भने राष्ट्रिय टोलीको व्यवस्थापकलाई जानकारी दिएर बिहिबारनै झापा पुगेका थिए।

एसियन कपको छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अन्तिम २०मा परेका कर्णको यस्तो व्यवहार देखेर प्रशिक्षक ग्योतोकु कोजी रुष्ट देखिए। उनको टोलीमा संलग्नता बारे प्रश्न गर्दा कोजीले कर्ण आफैंले प्रशिक्षण छाड्ने निर्णय लिएको बताए। “कर्ण आफैंले टोलीको प्रशिक्षण चलिरहँदा फर्कने निर्णय गरेका हुन्। उनले व्यवस्थापकलाई जानकारी दिएर टोली छाडेका हुन्। खेलाडी आफैंले जाने निर्णय लिएकाले हामीले त्यसमा केहि भनेनौं।”

कर्णको यस्तो व्यवहारले टोलीमा उनको भविष्य बारे प्रश्न गर्दा प्रशिक्षक कोजीले खेलाडीको खेल र टोलीप्रतिको गम्भीरतामा प्रश्न उठाए। ” कुनै खेलाडीले टोलीमा पर्दा प्रशिक्षकले चाहे अनुसारको साथ दिंदैन भने पक्कैपनि प्रशिक्षकले उसलाई आफ्नो योजनामा राख्न गार्हो हुन्छ। कर्णको मामलामा उनले प्रशिक्षकले चाहेको बेलामा प्रशिक्षणमा राम्रोसँग खेल्न सकेनन्। उनले हामीलाई विश्वास दिलाउन सक्ने अवस्थानै रहेन।”

नवयुग श्रेष्ठको आगमनसँगै राष्ट्रिय टोलीको फरवार्डमा थप प्रतिस्पर्धा थपिएको थियो। पछिल्लो पटक टोलीमा रहेका कर्ण प्रशिक्षणमा राम्रो प्रदर्शन गर्न नसकेका कारण कोजीको सेटबाट बाहिर रहँदै आएका थिए। प्रशिक्षणका क्रममा ४ फरवार्ड सुरुवात गराउदा कर्ण मैदान बाहिर रहने गर्दथे। यसमै चित्त नबुझेकाले कर्णले आफु राष्ट्रिय टोलीमा नपर्ने भएपछि प्रशिक्षण छाडेको बुझिएको छ।

खेलाडी आफैंले चाहेर प्रशिक्षण छाड्न नपाइने भएपनि यसले भविष्यमा भने केहि असर पर्ने प्रशिक्षक कोजी बताउँछन्। “टोलीलाई चाहिएको बेलामा त्यसैअनुस साथ नदिने खेलाडीसँग काम गर्ने बारे मैले पुन: सोच्नुपर्छ। अहिलेनै के हुन्छ त भन्न सकिन्न तर यसले उनको राष्ट्रिय टोलीको भविष्यबारे सोच्न भने बाध्य तुल्याएको छ।”

प्रशिक्षक कोजीले फरवार्ड कर्णलाई ३ वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा समटेका थिए। मोफसलका प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि बन्द प्रशिक्षणमा कोजी आफैंले ल्याएका कर्णले प्रशिक्षणमा भने राम्रो प्रदर्शन गर्न सकेका छैनन्। भारतविरुद्धको मैत्रीपूर्ण खेलपश्चात हुने एसियन कप छनोट चरण अन्तर्गतको दोश्रो खेलमा यमनसँग खेल्ने टोलीमा पनि कर्ण नपर्ने पक्का छ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.