8 years ago
June 4, 2017
म्याड्रिड (एजेन्सी) – शनिबार राति रियल म्याड्रिडले युभेन्टसलाई हराउँदा कोलम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज दोस्रोपटक युरोपियन च्याम्पियन बने। रियलसँग पर्याप्त खेल खेल्न नपाएका रोड्रिग्वेजकालागि यो उपलब्धि ‘पानी मुनिको ओभानो’ मात्र बन्यो।
कुनै खेलाडीकालागि च्याम्पियन्स लिगमा खेल्न पाउनु ठूलो उपलब्धि हुन्छ। त्यसमाथि लगातार दोस्रो पटक क्लब फुटबलमा सर्वाधिक चासो लिइएको प्रतियोगिता जित्न पाउनु आफैमा ठूलो प्रतिष्ठा हुने गर्दछ । रियल म्याड्रिडका मिडफिल्डर रोड्रिग्वेजले क्यामरामा जीतको खुशियाली त मनाए तर पर्दा पछाडी भने उनि खुशी देखिएनन् ।
जीत पछि ट्रफीसँगका केहि फोटो बाहेक उनि अन्य सामुहिक फोटोहरुमा देखा परेनन् । त्यस्तै विजयमा खुशियाली मनाउन छाड्दै मैदानबाट टिम बस जाने उनि पहिलो खेलाडी थिए ।
सन् २०१४को बिश्व कपमा प्रतियोगिताको उच्च गोलकर्ता रहदै रियलको नजरमा परेका रोड्रिग्वेजले हाल जिदानको टोलीमा पर्याप्त समय खेल्न पाएका छैनन् । सिजनको सुरुवातबाटै सुरुवाती एघारमा स्थान नपाएका उनले केहि समययता वैकल्पिक खेलाडीमा पनि स्थान पाएका छैनन्।
जिदानको प्रशिक्षणमा रियलले लगातार दुइ पटक च्याम्पियन्स लिग जित्दा रोड्रिग्वेज दुवै पटक बेन्चमा रहेपनि मैदान प्रवेश गर्न भने पाएनन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]