8 years ago
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एन्फा महिला लिग च्याम्पियनसिपको फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार पाल्पा र स्याङ्जामा संयुक्त रुपमा जारी प्रतियोगितामा आइतबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
स्याङ्जामा समूह ‘क’ बाट रौतहट, समूह ‘ख’बाट सर्लाही, समूह ‘ग’ बाट मोरङ र समूह ‘घ’ बाट नवलपरासी अघिल्लो चरणमा पुगेका छन् । त्यस्तै पाल्पामा समूह ‘क’ बाट काठमाडौं, समूह ‘ख’बाट झापा, समूह ‘ग’बाट ताप्लेजुङ र समूह ‘घ’बाट कैलाली नकआउट चरणमा पुगेका हुन् ।
पाल्पामा आइतबार कैलाली र ताप्लेजङ विजयी भए । कैलालीले चितवनलाई ५–० ले हरायो । कैलालीका लागि गंगा अधिकारीले पाँचौं र पहिलो हाफमो इन्जुरी समयको दोस्रो मिनेटमा,सुस्मिता दवाडीले ३८ औं, महिमा चौधरीले ५५ औं र हेमा चौधरीले ७९ औं मिनेटमा गोल गरेका थिए ।
अनुष्का शेर्पा र गिता रानाको समान २ गोल गर्दै ताप्लेजुङले सिन्धुपाल्चोकलाई ५–० ले पराजित गर्यो । अनुष्काले ३० औं र ७८ औं, गिताले ४६ औं र ७७ औं तथा भुजुङ्गा राईले २६ औं मिनेटमा गोल गरेका थिए । पाल्पामै भएको अर्को खेलमा सप्तरी र सिन्धुलीले गोलरहित बराबरी खेलेका थिए ।
स्याङ्जामा बार्दिया र मोरङ विजयी भएका थिए । अर्को खेलमा नवलपरासी र नुवाकोटले १–१ को बराबरी खेले । नुवाकोटका लािग सुजिता तामाङले २९ औं मिनेटमा गोल गरिन् भने उदय थापाले ७९ औं मिनेटमा नवलपरासीका लागि बराबरी गोल फर्काइन् ।
सपना थारुको ह्याट्रिकसँगै बर्दियाले धनुषालाई ८–० ले हराएको छ । सपनाले छैटौं, ५० औं र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । एकतर्फी खेलमा विजयी टोलीका लागि अजिता घर्तीमगरले सातौं र ७७ औं मिनेटमा, आशा शाहीले २७ औं , मन्जु थारुले ७८ औं र निरु आचार्यले ८० औं मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा रेश्मा राईको दुई गोलसँगै मोरङले बारालाई ३–० गोलले हरायो । दोस्रो मिनेटमा पहिलो गोल गरेकी रेशमाले अर्को गोल ८० औं मिनेटमा गरिन् । त्यसबीचमा टोलीका लागि आशा लिम्बुले ४४ औं मिनेटमा गोल गरेकी थिइन् ।
प्रतियोगितामा सोमबार क्वार्टरफाइनल खेल हुनेछन् । पाल्पामा काठमाडौं र झापा तथा ताप्लेजुङ र कैलालीबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै स्याङ्जामा रौतहटले सर्लाही र मोरङले नवलपरासीको सामना गर्नेछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]