8 years ago
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब शतप्रतिशत जित निकाल्दै दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वार्टरपाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा आर्मीले फ्रेन्डस् क्लबमाथि ४–० को फराकिलो जित दर्ता गर्दै शतप्रतिशत जित निकालेको हो ।
आर्मीलाई एकपक्षीय जित दिलाउन क्षितिज राज जिटीले दुई तथा विश्वास उदास र दिनेश हेन्जनले एक–एक गोल थपे । एकपक्षीय खेलमा आर्मीले २१ औं मिनेटमा क्षितिजको गोलको मद्दतले शुरुवाती अग्रता बनाएको थियो । २९ औं मिनेटमा क्षितिजले नै अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा पनि थप दुई गोल गर्यो दोस्रो हाफमा विश्वास उदास र दिनेश हेन्जनले गोल गरे । ५६ औं मिनेटमा विश्वासले डाइभ गर्दै फार पोष्टमा हेडर गोल गर्दा ८१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई फराकिलो जित दिलाए ।
यसअघि समूह चरणका दुई खेलमा जित निकालेको फ्रेनडस आर्मीविरुद्धको खेलमा भने निरिह देखियो । लगातार तेस्रो जितसँगै आर्मीले तीन खेलबाट ९ अंक जोड्दै समूह ‘बी’ मा शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगन सफल भयो । हारपछि पनि फ्रेन्डस समूह ‘बी’ बाट उपविजेताको रुपमा क्वार्टर फाइनलमा पुग्न सफल भयो ।
यता अर्काे खेलमा एपिफले झापा–११ लाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । झापाले भने प्रतियोगितामा तीनै खेल गुमायो । एपिएफको महत्वपूर्ण जितमा सिदार्थ बल र याङ दोर्जे थिङले गोल गरे । झापाका दिक्षान्त राईको गोल सान्त्वना गोल बन्यो । खेलमा सुरुवाती अग्रता बने झापाले लिएको थियो । २२ औं मिनेटमा दिक्षान्तले झापालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० को अग्रता लिएको झापाले दोस्रो हाफमा दुई गोल खादै प्रतियोगितामा तीनै खेलमा हार बेहोर्यो ।
एपिएफका सिदार्थ बलले ६७ औं मिनेटमा बराबरी गोल फर्कायो । इन्ज्युरी समयमा याङ दोर्जेले गोल गरेपछि एपिएफले महत्वपूर्ण जितनिकाल्यो । जितसँगै एपिएफ समूह ‘ए’ बाट क्वार्टर फाइनलमा पुग्न सफल भयो । प्रतियोगिता अन्र्तगत सोमबार लुम्बिनी र जावलाखेल तथा संकटा र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]