8 years ago
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – क्लब फुटबलको सबैभन्दा सफल टोली स्पेनिस रियल मड्रिडको प्रशिक्षण क्याम्प शनिबारबाट काठमाडौंमा शुरु हुदैछ । रियल मड्रिड फाउन्डेसन र शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालिको संयुक्त आयोजनामा यु–१८ फुटबल प्रशिक्षण हुन लागेको हो ।
पाँचदिने प्रशिक्षण क्याम्पलाई १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्धय ड्यानियल ल्याण्डबुरु रोटेला र राफायल पालसियसले प्रशिक्षण दिनेछन् । उनीहरु शनिबार साँझ नै नेपाल आइसकेका छन् । उनीहरुलाई नेपालका ६ प्रशिक्षक थम्मन भुषाल, सनोज श्रेष्ठ, विना श्रेष्ठ, राजु श्रेष्ठ, नवीन महर्जन र हरि लामाले सहयोग गर्नेछन् । प्रशिक्षण क्याम्पमा काठमाडौं र मोफसलबाट गरी ६५ जना युवा खेलाडीले सहभागिता जनाउने शुभारम्भका प्रवन्ध निर्देशक विजय कुमार खत्रीले जानकारी गराए । मोफसलका खेलाडीमा पोखरा र चितवनका रहेका छन् ।
प्रशिक्षण चोभारस्थित मोर्डन इण्डियन स्कुलको खेलमैदानमा दिनको दुई सत्रमा हुनेछ । यसबीचमा खेलाडीहरुले फिटनेस, स्किल, रणनीति, लिडरसिप र भ्यालुबारे सिक्ने मौका पाउनेछ । प्रशिक्षणबाट उत्कृष्ट हुने एक खेलाडीले सिंगापुरमा रहेको रियल मड्रिडको एकेडेमीमा पाँचदिने प्रशिक्षण क्याम्पमा निशुल्क प्रशिक्षण लिन पाउनेछ । ट्रेनिङ क्याम्पमा प्रतिव्यक्ति सहभागिता शुल्क ३५ हजार रहेको छ । राफेल रियल मड्रिड फाउण्डेसन सिंगापुरको असिसटेन्ट टेक्निकल डिरेक्टरका रुपमा कार्यरत छन् ।
आयोजकका अनुसार उक्त अवधिभर सहभागिलाई प्रशिक्षणका साथै खाना, यातायात र रियल मड्रिडको फुटबल किट उपलब्ध गराइने छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]