default_image

8 years ago

June 4, 2017

काठमाडौं अन्तर नगर कप फुटबल मंगलबार सुरु हुने

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्लाका १० नगरपालिकाको सहभागिता प्रथम नगरकप फुटबल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ । काठमाडौं महानरपालिका बाहेकका १० नगरपालिकाबीच हुने प्रतिस्पर्धाको विजेताले उपाधि १ लाख ११ हजार १ सय ११ रुपैयाँ जित्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेलले जानकारी दिए ।

नगरभित्र रहेका फुटबल प्रतिभालाई मौका दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको दोस्रो हुने टोलीले ५१ हजार १ सय ५१ र तेस्रो हुने टोलीले २५ हजार १ य ५१ रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा प्रतियोगिताका उत्कृष्ट गोलपिकर,रक्षक, मिडफिल्ड र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जिल्ला समन्वय समिति कार्यालय काठमाडौंको आयोजना रेको प्रतियोगितामा सहभागी १० नगरपालिका सह आयोजक तथा जिल्ला खेलकुद विकास समिति काठमाडौंको व्यवस्थापन रहनेछ । काठमाडौंका स्थानिय विकास अधिकारी गोपाल अधिकारीले स्थानिय निर्वाचनका कारण यसअघि दुई पटक तय गरेको प्रतियोगिता आयोजना हुन नसकेको बताए । उनले नगरहरुबीच समन्वयका लागि पनि फुटबललाई छनोट गरिएको बताए ।

प्रतियोगितामा कागेश्वरी मनोहरा, शंकरापुल, गोकर्ढोश्वर, बुढानिलकण्ठ, तारकेश्वर, टोखा, नागार्जुन, चन्द्रागिरी, कीतिपुर र दक्षिणकाली रहेका छन् । सहभागी टोलीको खेलाडी अनिवार्य रुपमा सोही नगरपालिकाको बासिन्दा हुनुपर्ने बताइएको छ ।
झन्डै १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि सहभागी नगरपालिकाले समान १ लाख र बाँकी ८ लाख जिल्ला समन्वय समिति कार्यालय काठमाडौंले उपलब्ध गराउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ब्रदी भट्टराईले जानकारी दिए ।

यसैबीच, जिल्ला समन्वय समितिले नै पूर्वाञ्चलमा गत बर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा काठमाडौंलाई पद दिलाउने खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएको छ । प्रतियोगिताको मंगलबार बिहान हुने उद्घाटन खेल काठमाडौं मेयर तथा राजनैतिक दल तथा जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समिति र सरकारी कार्यालय प्रमुखहरुको टोलीबीच मैत्रीपूर्ण खेल खेलिन्छ ।

पहिलो पटक आयोजना हुने नगर कपको आयोजनाको समिक्षापछि अर्को बर्ष पुनः नगर कप गर्ने नगर्ने टुंगो लगाइने बताए । प्रतियोगितामा एन्फाको प्राविधिक सहयोग रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.