8 years ago
June 4, 2017
म्याड्रिड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट ग्यारेथ बेल ल्याउने तयारी गरेको छ । टोटेनह्यामबाट कीर्तिमानी रकममा रियल पुगेका बेलले यो सिजन चोटका संघर्ष गर्नुपर्यो । पटक पटकको कारण रियलको पहिलो रोजाइमा पर्न मुस्किल परेपछि युनाइटेडले यो मौका सदुपयोग गर्दै बेल खरिद प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ ।
बेल चोटका बाहिरिदा अवसर पाएको कारण रियलको टोलीबाट मौका पाएका इस्कोले सोचे भन्दा पनि उच्च प्रदर्शन गरिरहेको छन् । जसका कारण वेल्सका बेल रियलका प्रशिक्षक जितेदिन जिदानको रोजाइमा कमै पर्दै आएका छन् । रियल पनि बेलका लागि आएका प्रस्तावमा सरकारत्मक रहेको श्रोतहरुले जनाएका छन् ।
सन् २०१३ मा बेल टोटेनहमबाट ८९ मिलियन पाउन्डको कीर्तिमानी रकममा रियलमा आबद्ध भएका थिए । रियलको पहिलो रोजाइमा पकड गुमाउँदै गएपछि बेलले पनि विकल्पका बारेमा सोच्ने सम्भावना रहेको बताइएको छ ।
आइतबार बिहान युभेन्ट्सविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि बेल सुरुवाती ११ मा थिएनन् । युभेन्ट्सलाई ४–१ हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि रक्षा गर्दा बेल दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]