default_image

8 years ago

June 4, 2017

‘सपना पुरा भयो’ – राष्ट्रिय टोलीमा नवप्रवेशी बिमल बस्नेत

100 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ  – आगामी मंगलबार हुने भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नामावली प्रकाशन गर्दा त्यसमा २ खेलाडी राष्ट्रिय टोलीमा पहिलो पटक सम्मिलित भएका थिए। मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका हेमन्त थापा मगर र बिमल बस्नेत राष्ट्रिय टोलीमा पहिलोपटक अन्तिम टोलीमा परेका हुन्।

२३ वर्षीय डिफेन्डर बिमल बस्नेत पोखराका बासिन्दा हुन्। यसै सिजनदेखि मनाङमा आवद्ध भएका विमलले पछिल्लो सिजन राष्ट्रिय लिगमा जगदम्बा लुम्बिनी फुटबल क्लबबाट खेलेका थिए। राष्ट्रिय लिगमा लुम्बिनीले खेलेका १६ खेलमध्य १४ खेलमा सहभागिता जनाएका विमलले २ खेल  भने पहेंलो कार्डको प्रतिबन्धका कारण गुमाएका थिए। त्यसपछि मोफसलका प्रतियोगितामा मनाङको जर्सी पहिरिएर उत्रिएका बिमलले मनाङबाट बंगलादेशमा भएको सेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल्दै १ गोल पनि गर्न सफल रहे।

फिलिपिन्सविरुद्धको खेलमा पनि प्रारम्भिक छनोट पछिको सर्टलिस्टमा उनको नाम रहेको थियो। तर अन्तिम चरणको छनोटमा भने उनको नाम थिएन। फिलिपिन्सविरुद्धको खेल अघि मनाङका खेलाडीले अरु खेलाडीको तुलनामा बन्द प्रशिक्षणमा कम समय बिताएकाले विमललाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहज रुपमा प्रस्तुत हुन केहि समय लागेको थियो।

प्रशिक्षक ग्योतोकु कोजीको नजरमा बिमल एकदमै मिहेनती खेलाडी हुन्। “बिमल एकदम मेहेनती खेलाडी हुन्। उनि राष्ट्रिय टोलीमा आएको धेरै समय भएको छैन तर उनले हामीले चाहेको कुरा छिट्टै बुझ्छन्। अहिलेको अवस्थामा हामीलाई लेफ्ट डिफेन्सको कमि हुँदा पनि उनले प्रशिक्षणमा हाम्रो योजना अनुसार खेल्न सफल रहेका छन्। उनसँग डिफेन्समा विभिन्न ठाउँमा खेल्न सक्ने क्षमता रहेकाले पनि हामीलाई थप सहयोग पुगेको छ। को खेल्छ भन्ने अहिले भन्न सकिने अवस्था छैन तर बिमल क्षमतावान खेलाडी हुन् भन्नेमा दुविधा छैन।”

राष्ट्रिय टोलीमा पहिलो पटक परेकोमा बिमल आफ्नो सपना पुरा भएको मान्दछन्। “एक खेलाडी भएपछि राष्ट्रिय टोलीको जर्सी पहिरिनु जसको पनि सपना हुन्छ र आज त्यो सपना निभाउन पाउँदा म एकदम गौरवान्दित महसुस गरिरहेको छु। मैले यो ठाउँमा आइपुग्न धेरै मेहेनत गरेको छु र आज त्यो मेहनतको प्रतिफल प्राप्त भएको छ।”

उनले आफ्नो यहाँसम्मको यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिए। “म यहाँसम्म आइपुग्नुमा मेरो प्रशिक्षक, परिवार र साथीहरुको ठुलो हात छ। म सानो उमेरदेखि फुटबलमा लाग्दा घर परिवारका साथै प्रशिक्षकले पनि सदा साथ दिनुभयो। वहाँहरुको हौसला र साथले म आज यहाँ आइपुगेको हूँ।”

उनले राष्ट्रिय टोलीमा पहिलो पटक पर्दा दबाव महसस नभएको र यसलाई अवसरको रुपमा लिएको बताए। “राष्ट्रिय टोलीमा पर्दा मलाई दबाव महसुस त भएको छैन तर यसलाई निरन्तरता दिनेमा भने म प्रतिबद्ध छु। मैले यसलाई एक अवसरका रुपमा लिएको छु र आफ्नो तर्फबाट शत प्रतिशत दिएर टोलीको राम्रो नतिजामा सहयोग पुर्याउनेछु।”

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.