default_image

8 years ago

June 4, 2017

भारत जाने टोलीलाई एन्फाको बिदाई

77 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) –  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनका लागि भारत प्रस्थान गर्न लागेको राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ ।

जेठ २३ गते भारतसँग प्रतिस्पर्धा गर्ने टोली आइतबारनै भारत प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ।

नेपाली टोली आज २ बजे नेपाल वायुसेवा निगमको जहाजबाट मुम्बई पुग्नेछ। मंगलबार हुने खेलको लागि टोलीले सोमबार भारतमा प्रशिक्षण गर्नेछ।

खेल नेपाली समयानुसार मंगलबार साँझ ७:१५ बजे अन्धेरी स्पोर्टस कम्प्लेक्सको मैदानमा हुनेछ।

 

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.