8 years ago
June 4, 2017
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार भएको युभेन्टसविरुद्धको च्याम्पियन्स लिग फाइनलमा २ गोल गर्दै आफ्नो टोलीको लागि लगातार च्याम्पियन्स लिग उपाधि पक्का गरे। यससँगै उनले व्यक्तिगत चौथो च्याम्पियन्स लिग उपाधि पनि हात पारे।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छंदा १ पटक च्याम्पियन्स लिग जितेका थिए भने म्याड्रिडमा रहेर पछिल्ला ४ सिजनमा उनले ३ उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलको दुवै हाफमा १/१ गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा गोल संख्या १ सय ५ पुर्याएका छन्।
रोनाल्डोले उपाधि जितेकोमा खुसि व्यक्त गर्दै उनले जितेको उपाधिले उनको सफलताको बयान गर्ने बताए। “यो मेरो करियरकै उत्कृष्ट क्षणमध्य एक हो। तर म प्रत्यक सिजन यहि समयमा यो भनिरहेको हुन्छु। यसले मेरो करियरमा म सफल हुँदै गइरहेको र आलोचक हरुले प्रश्न उठाउन पाएका छैनन्।”
रोनाल्डोले २०औं मिनेटमा गोल गर्दै खेलमा रियललाई अग्रता दिलाएका थिए। उनकै दोश्रो हाफको गोलमा रियलले खेलमा २ गोलको अग्रता लिएको थियो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]