8 years ago
June 4, 2017
कार्डिफ (एजेन्सी)– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १/१ गोल रह्यो।
क्रिसट्यानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा मान्जुकीचले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए ।
दोश्रो हाफको ६१ औं मिनेटमा क्यासेमिरोको गोलमा रियलले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले अर्को गोल थप्दै रियललाई जितको हकदार बनाएका थिए । लुका मोड्रिचको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । दबाबमा रहेको युभेन्ट्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । रियलका कप्तान सर्जियो रामोसलाई धक्का दिएपछि कुआर्डाडो दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
एक खेलाडी कम भएपछि युभेन्ट्सले अर्को गोलको सामना गर्नुपरेको थियो । अन्तिम मिनेटमा मार्सेलोको क्रसमा मार्को एसेन्सियोले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै म्याड्रिडको उपाधि पक्का गरेका थिए।
यससँगै रियल म्याड्रिड प्रतियोगिताको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। गत सिजन पनि यसै उपाधि जितेको रियलको यो समग्रमा १२औं च्याम्पियन्स लिग उपाधि हो।
सिजनको तेश्रो उपाधि जित्ने सुरमा रहेको युभेन्टसले भने उपविजेताको रुपमै चित्त बुझाउनु परेको छ। घरेलु लिग र कप प्रतियोगिताको उपाधि जितिसकेको युभेन्टसले पछिल्लो पटक सन् १९९६मा च्याम्पियन्स लिग उपाधि जितेको थियो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]