default_image

8 years ago

June 3, 2017

सैनिक क्लब हल्दिबारी गोल्ड कपको फाइनलमा

88 views

0 Bookmark

सबिन शेर्मा
झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबार गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापा ७ सरनामतीलाई ३–१ ले हराउँदै सैनिक फुटबल क्लब उपाधि नजिक पुगेको हो । सैनिकले युवा जागृति एफसी धरान र विर्ता युनाइटेडबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ ।

शनिबार सैनिकका लागि गणेश हेम्रुमले २ र विकेश लिम्बुले अर्को गोल गरेका थिए । सरनामतीका लागि सुरज कार्कीले गोल गरे । म्यान अफ दी म्याच घोषित सरनामतीका सुरजले २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ पाउनेछन् । जलथल एफसीको आयोजनामा जारी प्रतियोगितामा युवा जागृति र विर्ता युनाइटेडबीच दोस्रो सेमिफाइनल आइतबार हुनेछ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.