8 years ago
June 3, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनलमा विश्व फुटबलका दुई महारथी भिड्ने पक्का भएसंगै फुटबल समर्थकहरुमाझ कौतुहलता बढ्दो छ।
फाइनलमा पुगेका २ टोलीले आफुलाई उपाधि भिडन्तसम्म ल्याउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिताकै उत्कृष्ट आक्रमण र डिफेन्सको खेल पक्कैपनि हेर्नलायक हुनेछ। प्रतियोगितामा सर्वाधिक ३२ गोल गरेको रियलको टोलीमा बिबिसीले परिचित क्रिस्टियानो रोनाल्डो, क्रिम बेन्जेमा र ग्यारेथ बेलको जोडी रहेको छ भने प्रतियोगिता भर जम्मा ३ गोल खाएको युभेन्टसको डिफेन्समा आन्द्रीए बार्जाग्ली, लिओनार्डो बोनुची र जिओर्जिओ किएलिनी रहेका छन्। भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले पनि आफु उमेर बढ्दै जाँदा खेलमा पनि उतिक्कै अब्बल प्रदर्शन दिइरहेका छन्।
प्रतियोगिताको फाइनल खेलका लागि रियल म्याड्रिडका ग्यारेथ बेल स्वस्थ हुने नहुनेमा भने अझैपनि शंका रहेको छ। उनको अनुपस्थितिमा स्पेनिस खेलाडी इस्कोले आक्रमणमा सहयोग गर्नेछन्।
यससंगै फाइनल खेलमा दुवै टोलीका पुर्वखेलाडी आफ्नो पुरानो क्लबका विरुद्ध उत्रनेछन्। युभेन्टसका स्टार स्ट्राइकर गोन्जालो हिगुआइन कुनै समय रियल म्याड्रिडमा व्यावसायिक फुटबल खेल्थे भने म्याड्रिडका युवा स्ट्राइकर अल्भारो मोराटा अघिल्लो सिजन युभेन्टसमा थिए। मोराटा म्याड्रिड फर्किएपछि हिगुआइन युभेन्टस पुगेका थिए।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]