8 years ago
June 3, 2017
एजेन्सी – शनिबार राति हुने युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस भिड्दैछन्। जारी प्रतियोगिता युभेन्टस सबैभन्दा कम गोल खाने टोली हो।
फाइनलखेल अघि प्रशिक्षक म्याक्स एलेग्रीलाई टोली छनोटको विषयमा ठुलो निर्णय लिनुपर्ने दबाव छैन। उनको टोलीमा मिडफिल्डर मार्को प्याका एकमात्र घाइते खेलाडी रहेका छन्। वैकल्पिक खेलाडी रहेका मार्कोको अनुपस्थितिले टोलीमा खासै असर पर्ने छैन।
प्रशिक्षक एलेग्रीलाई आफ्नो इच्छा अनुसारको खेल पद्दति छान्ने अवसर रहेको छ। उनले ४-२-३-१ वा ३-४-२-१ मध्य कुनै पद्दति अपनाउनेछन्। जारि प्रतियोगितामा उत्कृष्ट डिफेन्स रहेकाले पनि उनले ३ डिफेन्डरलाई खेलाएर स्यान्ड्रो र आल्भेसलाइ विङ्ब्याकका रुपमा प्रयोग गर्नेछन्।
युभेन्टसको सम्भावित टोली:
जियानलुइजी बुफोन
आन्द्रे बर्जाग्ली – लिओनार्डो बोनुची – जिओर्जियो किएलिनी
ड्यानी आल्भेस – मिरालेम प्यानिच – सामी खेडीरा – एलेक्स स्यान्ड्रो
मारियो मान्जुकिच – पाउलो डीबाला
गोन्जालो हिगुआइन
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]