8 years ago
June 3, 2017
एजेन्सी – शनिबार राति हुने युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस भिड्दैछन्। प्रतियोगिता इतिहासमा पहिलोपटक उपाधि रक्षा गर्ने दाउमा रहेको रियल म्याड्रिड जारी च्याम्पियन्स लिग सिजनमा सबैभन्दा धेरै गोल गर्ने टोली पनि हो।
फाइनलखेल अघि प्रशिक्षक जिनेदिन जिदानलाई टोली छनोटको विषयमा सिजनकै सबैभन्दा ठुलो निर्णय लिनुपर्ने दबाव रहेको छ। प्रशिक्षणमा फर्किएका स्टार फरवार्ड ग्यारेथ बेल र ड्यानी कार्भाजललाई सुरुवाती एघारमा राख्ने कि नराख्ने भन्ने दुविधा रहेकाले जिदान अन्तिम समयसम्म कुर्न बाध्य छन्।
बेलको अनुपस्थितिमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर इस्कोलाई सुरुवाती एघारमा सामेल नगर्नु उत्तिकै गार्हो रहेको र विश्वकै सबैभन्दा महँगो खेलाडी वैकल्पिकखेलाडीका रुपमा रहँदा जिदानमाथि थप दबाव पर्ने देखिन्छ। बेलले चोटबात फर्किएयता कुनै खेल नखेलेपनि उनले एक सातादेखि नियमित प्रशिक्षण गर्दै आएका छन्।
अर्का डिफेन्डर ड्यानी कर्भाजलपनि चोटका कारण विश्राममा रहेर प्रशिक्षणमा फर्किएका छन्। उनको विकल्पमा राम्रो खेलाडी नभएका हुनाले उनलाई प्रशिक्षक जिदानले सुरुवाती एघारमा राख्ने देखिन्छ।
जिदानले ग्यारेथ बेललाई सुरुवाती एघारमा नराख्ने सम्भावना प्रबल रहेकाले इस्कोले सुरुवाती एघारमा खेल्नेछन्। इस्कोले सुरुवात गरेको खण्डमा म्याड्रिडले ४-३-१-२ पद्दतिमा खेल्नेछ।
म्याड्रिडको सम्भावित टोली:
केलर नाभास
ड्यानी कर्भाजल – सर्जियो रामोस – राफेल भारान – मार्सेलो
टोनी क्रुस – क्यासेमिरो – लुका मोड्रीच
इस्को
क्रिस्टियानो रोनाल्डो – करिम बेन्जेमा
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]