8 years ago
June 3, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा शनिबार रियल म्याड्रिड र युभेन्टस उपाधिका लागि भिड्दैछन्। वेल्सको कार्डिफ मैदानमा हुने खेलमा रियल पहिलोपटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने युभेन्टस यस सिजनको तेश्रो उपाधि जित्ने सुरमा हुनेछ।
यी दुई टोलीबिचको पछिल्ला ६ खेलमा युभेन्टसले ३ खेलमा जित हात पारेको छ भने रियल म्याड्रिडले १ खेल जितेको छ। २ खेल भने बराबरीमा टुंगिएको छ। यसक्रममा युभेन्टसले १० गोल गरेको छ भने रियलले ७ गोलमात्र गर्न सकेको छ।
यी दुई बिचको पछिल्लो खेल १-१को बराबरीमा सकिएको थियो। सान्टियागो बर्नाबाउमा खेलिएको उक्त खेलमा रियलले पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो। अल्भारो मोराटाले दोश्रो हाफमा युभेन्टसका लागि बराबरी गोल फर्काएका थिए। युभेन्टसको लागि गोल गरेका मोराटा हाल रियल म्याड्रिड फर्किसकेका छन्।
च्याम्पियन्स लिगको पछिल्ला ८ खेलमध्ये युभेन्टसले ७ खेलमा जित हात पारेको छ। रियलले खेलेको पछिल्लो १२ च्याम्पियन्स लिग खेलमा २ गोल भन्दा बढी प्रहार भएको छ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]