8 years ago
June 3, 2017
एजेन्सी – यस सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेल एवं बहुप्रतिक्षित च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस आमने सामने हुँदैछन्।
रियल म्याड्रिड प्रतियोगिताको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि बचाउने टोली बन्ने दाउमा छ। अहिलेसम्म कुनै पनि साविक विजेता टोलीले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छैन। पछिल्लो पटक सन २००९मा म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेर उपाधि रक्षा गर्ने अवसर मिलेपनि बार्सिलोनाले २-०ले पराजित गर्दै उपाधि हत्याएको थियो।
पछिल्लो पटक सन १९९६मा च्याम्पियन्स लिगको उपाधि जितेको युभेन्टस यस सिजन तेहेरो उपाधि जित्ने दाउमा छ। घरेलु प्रतियोगितामा लिग र इटालियन कप जितिसकेको युभेन्टस च्याम्पियन्स लिग जितेर सिजनको सुखद अन्त्य गर्ने दाउमा छ। युभेन्टसले हालसम्म ६ पटक च्याम्पियन्स लिगको फाइनलमा पराजय भोगेको छ, जुन प्रतियोगिताको इतिहासमा सर्वाधिक हो।
युभेन्टसका लागि मार्को प्याका चोटका कारण खेलमा उपस्थित हुनेछैनन्। यद्दपी प्रशिक्षक म्याक्स अलेग्रीले आफ्नो सबैभन्दा उत्कृष्ट सुरुवाती एघारलाइ मैदानमा उतार्नेछन्। उनले ४-२-३-१ वा ३-४-२-१ मध्ये कुनै एक पद्दति अपनाउनेछन्।
म्याड्रिडका लागि ग्यारेथ बेल र ड्यानी कर्भाजल चोटबाट प्रशिक्षणमा फर्किसकेका छन्। तर प्रशिक्षक जिनेदिन जिदानले दुवैलाइ सुरुवाती एघारमा स्थान दिने नदिनेमा भने दुविधा छ। लामो समयदेखि खेलबात बाहिर रहेका यी दुई खेलाडीको उपस्थितिले भने टोली थप बलियो हुनेछ।
खेल नेपाली समयानुसार मध्यरातको १२:३० बजे सुरु हुनेछ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]