default_image

8 years ago

June 3, 2017

रियल म्याड्रिडबाट भरान किन्ने प्रयासमा म्यानचेस्टर युनाइटेड

94 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – ट्रान्सफर विन्डो सुरु भए लगतै म्यानचेस्टर युनाइटेड आफ्नो टोली मजबुत बनाउन प्रयासमा लागिसकेको छ। प्रिमियर लिगमा छैठौं स्थानमा रहेर सिजन समाप्त गरेपनि युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल युनाइटेडको नाम एक पछि अर्को खेलाडीसँग जोडिने क्रम जारि छ। 

Varane

रियल म्याड्रिडबाट राफेल भारानलाई ओल्ड ट्राफर्डमा ल्याउन जोसे मोउरिन्हो प्रयासरत रहेको जानकारी स्काई स्पोर्ट्सले दिएको छ । सन् २०११ मा रियलका म्यानेजर रहेका मोउरिन्होको पहलमा फ्रान्सको लेन्सबाट रियल आएका भारानले पुनः मोउरिन्होसँग सहकार्य गर्न सक्ने सम्भावना देखिएको छ ।

युनाइटेडले गोलकिपर डेभिड डे ह्यालाई किन्ने रियलको ६० मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेपछि युनाइटेडलाई भारान भित्राउन केहि समस्या आउन सक्ने अनुमान लगाईएको छ । तर भरानको विकल्पमा युनाइटेडले साउथह्याम्प्टनका भिर्जिल भान जीक, बर्नलीका माइकल किन र बेन्फिकाको भिक्टर लिन्डलाफलाई पनि निगरानीमा राखेको छ ।

गत सिजन एरिक बेलीलाइ भित्र्याएको युनाइटेडले फिल जोन्सलाई भने क्लब छाडेर जान दिने बुझिएको छ। क्लबले क्रिस स्मलिङ, मार्कोस रोहो, एरिक बेलीसँग साथ दिन अझै अर्का एक डिफेन्डरलाइ क्लबमा भित्र्याउने प्रयास गरेको हो।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.