default_image

8 years ago

June 2, 2017

नेपाल र भारत बीचको खेल समय तय

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मुम्बईस्थित अन्धेरी स्पोर्टस कम्प्लेक्समा मंगलबार भारतीय स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुने छ । नेपाली समय अनुसार खेल ७ः १५ मा सुरु हुनेछ ।

Nep-Ind

भारतको राष्ट्रिय टोलीको लेबनानसँग मैत्रीपूर्ण खेल रद्द भएपछि नेपालसँग खेल्ने पक्का गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार स्पोट्र्सले गर्ने बताइएको छ ।

एसियन कप छनोट चरण अन्तर्गत यमनसँग हुने खेलको तयारीका रुपमा रहेको भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले आज २० सदस्यीय टोलीको घोषणा गरेका छन् ।

नेपाल र यमनबीच जेठ ३० गते शसस्त्र प्रहरी बलको हलचोकमा प्रतिस्धर्पा हुनेछ । एसियन कप छनोटको पहिलो खेल चैत १५ गते नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.