default_image

8 years ago

June 2, 2017

नवयुगको पुनरागमनसँगै कर्ण र अनिल राष्ट्रिय टोलीबाट बाहिर

110 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम २० खेलाडीको नामावलीमा भेट्रान स्ट्राइकरद्वय अनिल गुरुङ र कर्ण लिम्बुको नाम अटाएन। फिलिपिन्सविरुद्धको खेलको अन्तिम टोलीमा अटाएका कर्णले खेल्न पाएका थिएनन् भने कप्तान अनिल गुरुङ त्यस समय पनि अन्तिम २०मा परेका थिएनन्।

पछिल्लो खेलमा चोटका कारण अनुपस्थित रहेका नवयुग श्रेष्ठको आगमनसँगै अनिल गुरुङ र कर्ण लिम्बु दुवै राष्ट्रिय टोलीमा अटाएनन्। प्रशिक्षक कोजीले यस खेलका लागि ३ फरवार्डलाई अन्तिम २० मा राखेका छन्। नवयुग सँगै आर्मीका भारत खवास र बिमल घर्ति मगरले नेपालको आक्रमण सम्हाल्नेछन्। यससँगै चोटका कारण पछिल्लो खेल गुमाएका मिडफिल्डर सुमन लामाले पनि टोलीमा पुनरागमन गरेका छन्।

कर्णले फिलिपिन्सविरुद्धको खेलमा राष्ट्रिय टोलीमा स्थान पाएपनि मैदानमा भने उत्रन पाएका थिएनन् उनले २०१४मा यमनविरुद्ध खेलेको मैत्रीपूर्ण खेलनै नेपालको लागि खेलेको एक मात्र खेल हो

यता सोलिडारिटी कपको जितेपछि टोलीमा नपरेका अनिल गुरुङले राष्ट्रिय टोलीका लागि ४९ खेल खेलिसकेका छन् यस दौरान ९ गोल गरेका गुरुङ अझैपनि राष्ट्रिय टोलीको कप्तानका रुपमा कायमै छन्

उमेर ढल्कदै गएका यी दुवै खेलाडीको विकल्पमा युवा खेलाडीले स्थान पाउँदै गएको अवस्थामा अब राष्ट्रिय टोलीमा पुनरागमन गर्न कठिन देखिन्छ। घरेलु फुटबल शून्यमा रहीरहँदा प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीमा फर्कनुको विकल्प खेलाडीहरुसँग छैन।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.