8 years ago
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेठ २३ गते हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नाम घोषणा गरेका छन्।
फिलिपिन्स विरुद्ध एसियन कपको छनोट चरण अन्तर्गतको पहिलो खेलमा रहेका ५ खेलाडी हालको टोलीमा छैनन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, रबिन श्रेष्ठ र रंजित धिमालको स्थानमा ४ नयाँ खेलाडीलाई स्थान दिएका छन्। डिफेन्डर बिमल बस्नेत र मिडफिल्डर हेमन्त थापा मगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्। पछिल्लो खेल चोटका कारण गुमाएका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सुमन लामाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
टोलीको मुख्य प्रशिक्षक ग्योतोकु कोजी रहेका छन् भने राजु काजी शाक्यले सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। गोलरक्षक प्रशिक्षकमा उज्ज्वल मानन्धर रहेका छन्।
भारतविरुद्धको खेलमा छनोट भएका २० खेलाडी:
गोलरक्षक:
१)किरण कुमार लिम्बु
२)बिकेश कुथु
३)बिशाल श्रेष्ठ
डिफेन्डर:
४) बिराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०) बिमल बस्नेत
मिडफिल्डरः
११) रोहित चन्द
१२) बिशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) सुमन लामा
१७) हेमन्त थापा मगर
फरर्वाड:-
१८) भरत खवास
१९) नवयुग श्रेष्ठ
२०) बिमल घर्ति मगर
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]